काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।
नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरेका हुन् ।
अर्जुन १४ बलमा २ चौकासहित १० रनमा आउट भए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै ११ रन बनाएको छ ।
नेपालका ओपनर विपिन रावलले १२ मा खाता खोल्न सकेका छैनन् । अर्जुन आउट भएपछि गुल्शन झा ब्याटिङमा आएका छन् ।
नेपालले उनलाई माथिल्लोक्रममा पठाएको छ । गुल्शलेन स्पिन राम्रो खेल्ने हुँदा चौथो नम्बरमा कप्तान देव खनाललाई रोकेर उनलाई पठाएको हो । यो खेल जित्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।
प्रतिक्रिया