• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति सुदुरपश्चिम

    सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, हटाइए खगराज

    3.7K
    SHARES



    काठमाडौँ। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको छ ।

    ११ जना सदस्य रहेको माओवादीको सुदुरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो ।

    बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए।

    भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका छन् ।

    उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको सुदूरपश्चिम प्रदेश सभालाई पनि जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ