• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    डोलिडारको परामर्शदाता छनोटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी

    1.2K
    SHARES



    काठमाडौँ । डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाता छनोटमा चलखेल भएको आरोप लागेको छ ।

    सहरी विकाश मन्त्रालय अन्तर्गतको डोलिडारको परामर्शदाता छनोटमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीकर्ताले ‘चलखेलबारे छानबिन गर्न आग्रह’ गरेका छन् ।

    एडीबीको ऋण सहयोगमा सञ्चालित कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी)को परामर्शदाताका लागि ८० करोड बजेट विनियोजन गरिएको छ । डोलिडारका आयोजना प्रमुख मोहनदत्त भट्ट र महानिर्देशक माधव भट्टराइले चलखेल गरेर इआरएमसी, इटेको र स्वाइल टेष्ट जेभीलाई परामर्शदाता छनोट गर्नेगरी काम गरेको उजुरकर्ताले जिकिर गरेका छन् ।

    चलखेलबारे २०८० कार्तिक १६ मा उजुरी दर्ता गराए पनि आयोगले त्यसबारे छानबिनमा आनाकानी गरेको छ । जिम्मेवार अधिकारीहरूले परामर्शदाता छनोट सम्बन्धी गोप्य मापदण्ड नै बाहिर ल्याएको उजुरकर्ताको आरोप छ ।

    परामर्शदाता सम्बन्धी आर्थिक प्रस्ताव माघ १४ मा खुल्दैछ । इन्भाइरोमेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी (ईआरएमसी) सिक्टा सिँचाइ आयोजनाले कालो सूचीमा राखेको कम्पनी हो । तर, सोही कम्पनीलाई परामर्शदाता नियुक्त गर्नेगरी चलखेल भइरहेको आरोप छ ।

    डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट सडक आयोजना हो । सो आयोजनाले ३२ भन्दा बढी जिल्लाका ग्रामीण सडकको काम गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ