• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    राष्ट्रिय सभा निर्वाचन- कर्णाली प्रदेशमा पनि मतदान सुरु

    1.6K
    SHARES



    सुर्खेत। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा पनि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि नै मतदान सुरु भएको हो ।

    मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन् । मतदानका लागि दुईवटा मतदान केन्द्र राखिएको छ ।

    गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या २ हजार १ सय २० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९ सय ६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

    यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७ सय ७९ मतभार सङ्ख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार सङ्ख्या १ हजार १ सय ९५ मात्रै रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ