• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यू-१९ विश्वकप- पाकिस्तानसँग खेल्दै नेपाल

    4.1K
    SHARES



    काठमाडौँ। आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

    पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

    नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो ।

    यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो । यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो ।

    सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो । सन् २०१६ को विश्वकपमा भने पाकिस्तानले नेपाललाई १ सय २२ रनको फराकिलो अन्तरले हराएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ