• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ट्रक दुर्घटनामा एक जनाको मृत्यु, तीनजना घाइते

    1.3K
    SHARES



    काठमाडौँ। धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बुधबार साँझ खनियावास गाउँपालिका-५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्द एक जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसप गौतम मिश्रले जानकारी गराएका छन् ।

    सडकबाट करिब १५ मिटर तल खसेको ट्रकमा सवार खनियाबास-५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन् ।

    उनीहरूलाई उपचारका लागि नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको एसपी मिश्रले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ