• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल कुनै सैन्य संगठनमा सामेल हुँदैन- परराष्ट्रमन्त्री साउद

    1K
    SHARES



    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् ।

    युगाण्डाको कामपालामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार नगर्ने बताएका हुन् ।

    ‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं र कुनै पनि देशको सुरक्षा सम्झौताको हिस्सा हुन पनि स्वीकार गर्दैनौं,’ बैठकमा सम्बोधन गर्ने क्रममा मन्त्री साउदले भने, ‘हामी सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं ।’

    आगामी ५ र ६ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिन युगान्डाको राजधानी कम्पाला पुगेका साउदले विश्वव्यापी समृद्धिका लागि गहिरो साझेदारी हुनुपर्ने बताए । ‘नाम’ एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको भन्दै झण्डै ७ दशकको यात्रामा यो संगठन साझा मूल्यहरूको बारेमा सचेत रहेको समेत धारणा राखे ।

    असंलग्न आन्दोलन संगठित भएको ७ दशकमा सदस्यराष्ट्रहरू साझा मूल्यप्रति सचेत रहेको भन्दै त्यसैले एकताबद्ध गरेको धारणा साउदले राखे । यस अवधिमा सदस्य राष्ट्रहरूले सधैँ राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, पारस्परिक सम्मान र लाभसाथै अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी गर्को उनको भनाइ थियो ।

    रसिया-युक्रेन युद्ध र प्यालेस्टाइन-इजरायल युद्धतर्फ संकेत गर्दै साउदले विश्वले खराब परिस्थितिको सामना गरिरहेको बताए । उनले कोरोना महामारी, जलवायु परिवर्तन, युद्ध, मूल्यवृद्धि, मुद्रास्फीति र आर्थिक ऋण वर्तमान विश्वका लागि चुनौती भएको समेत उल्लेख गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ