• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै

3.7K
SHARES



काठमाडौँ। मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादवले २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेश सरकारको दोस्रो कार्यकालको १ वर्ष पूरा भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ