• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रतिबन्धित औषधीहरूसहित एक जना पक्राउ

    2.6K
    SHARES



    ललितपुर। प्रतिबन्धित औषधिसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाल रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेटसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ