• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा २ जना घाइते

    2.8K
    SHARES



    काठमाडौँ। झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा २ जना घाइते भएका छन् ।

    सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्‍गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

    उनकाअनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो । त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो ।

    बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताए। सिलिण्डर पड्किएर डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन् । उनको दाहिने खुट्टाको भाग चुडिएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ ।

    सिलिण्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड-७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ । उनको अवस्था सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ