• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इमाडोलको इनारमा खसेकी महिलाको उद्धार

    2.3K
    SHARES



    काठमाडौँ। ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ ।

    सोमबार पौने १० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए ।

    दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन् । कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन् । त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन् ।

    प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने १० बजे भएको थियो। त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो ।

    यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको थियो। प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका थिए । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ