• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

शनिबार पनि हुथी विद्रोहीमाथि अमेरिकाको हवाई आक्रमण

2.8K
SHARES



काठमाडौँ। अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो ।

अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ । सेनाका अनुसार लाल सागरमा रहेको अमेरिकी नौसेनाको युद्धपोत यूएसएस कार्नीबाट टोमाहक मिसाइल प्रयोग गरी हमला गरिएको हो । यसअघि हुथी विद्रोहीको टिभी च्यानल अल-मसिराहले आज बिहानै यमनको राजधानी सानामा हवाई आक्रमण भएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीलाई ‘आतंकवादी’ संगठन भनेका थिए । उनको भनाइ महत्वपूर्ण छ किनभने राष्ट्रपति बनेको एक महिनाभित्र जो बाइडेनले ट्रम्प सरकारको निर्णय उल्टाइदिएका थिए । ट्रम्प सरकारले हुथी विद्रोहीलाई ‘विदेशी आतंकवादी संगठन’ भनेको थियो ।

यदि हुथी विद्रोहीहरूले यस्तो क्रूर मनोवृत्ति (जहाजमा आक्रमण) जारी राखे भने अमेरिकाले उनीहरूलाई जवाफ दिने बाइडेनको चेतावनी छ । मध्यपूर्वमा कच्चा तेलको मूल्य बढेको बारे उनले आफू निकै चिन्तित रहेको पनि बताए ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ