• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते रहेका छन् । कार सेतो महरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

    प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घाइते एकजनालाई अस्पताल लगिएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।

    यस्तै,बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

    दुर्घटनामा ९ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ