• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    दाङको भालुबाङमा यात्रु बस राप्ती नदीमा खस्दा २ जनाको मृत्यु, २६ जनाको उद्धार

    1.5K
    SHARES



    काठमाडौँ। दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

    बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

    बसमा ३२ जना यात्रु सवार थिए । उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए ।

    स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए ।

    दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ