• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

    626
    SHARES



    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी गराएकी छन् ।

    भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकी पनि पुगेका थिए ।

    उनिहरुले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा मन्त्रिसामु कुरा राखेका थिए । सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ