• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश

मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

4.1K
SHARES



काठमाडौँ। मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गते स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

२०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो ।

त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजन गर्ने छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ