• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘गौशाला २६’ को फोटो सार्वजनिक गर्ने र अश्लील कमेन्ट गर्ने व्यक्तिहरूलाई खोज्दै प्रहरी

    0.9K
    SHARES



    काठमाडौं । सामाजिक सञ्जालमा ‘गौशाला २६’ को नाम जोडेर फोटो राख्नेमाथि कारबाही हुने भएको छ ।

    काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेपछि सामाजिक सञ्जालमा ‘गौशाला २६’ को फोटो भन्दै शेयर गर्ने व्यक्तिहरूलाई प्रहरीले कानूनी दायरामा ल्याउन लागेको हो ।

    पीडित गौशाला २६ ले हालै विभिन्न व्यक्ति एवं सामाजिक सञ्जाल अकाउन्टविरुद्ध जाहेरी दिएकी छन् । याेसँगै उनको नाम जोडेर फोटो शेयर गर्ने अन्य व्यक्तिहरूलाई पनि कानूनी दायरामा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायले अनुसन्धानका क्रममा जसले फोटो शेयर गरेका छन् वा गाली गरेका छन्, उनीहरू सबै कानूनको दायरमा आउने बताएका छन् ।

    “पीडितले दिएको उजुरीको अनुसन्धान अघि बढिसकेको छ,” प्रहरी उपरीक्षक रायले भने, “अनुसन्धानको क्रममा ज-जसले फोटो शेयर गरेका छन् वा गाली गरेका छन्, ती सबै कानूनी दायरामा आउँछन् ।”

    गाली बेइज्जती गरेको छ भने त्यही अनुसार उजुरी दर्ता हुने र फोटो शेयर गरेको सन्दर्भमा विद्युती कारोबार ऐन, २०६३ आकर्षित सबै व्यक्ति पर्ने रायले सुनाए ।

    “कसैले जानेर वा नजानेर फोटो वा भिडिओ राखेको छ वा शेयर गरेको छ भने पनि कानूनी दायरमा आउँछन्,” उनले भने ।

    पछिल्लाे केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले शेयर गरेका फोटो तथा भिडिओ गौशाला-२६ काे भएको भन्दै प्रचार गरिएको छ । त्यस्ता पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले अश्लील गाली गर्ने वा नकारात्मक टिप्पणी गरिरहेका छन् ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताले लहैलहैमा सार्वजनिक गरेका फोटो वा पोस्टमा गरेका प्रतिक्रियाले गर्दा कानूनी झमेलामा पर्न सक्ने ल फर्म ‘लुकेका ल’का संस्थापक एवं अधिवक्ता सुरज तिमल्सिनाले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ