• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बम्जनविरुद्धको मुद्दाको थुनछेक बहस सकियो, कहिले आउँछ आदेश ?

    1.7K
    SHARES

    काठमाडौँ । बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस पुरा भएको छ ।

    सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले रातोपाटीलाई बताए ।

    न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको थियो । अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ ।

    बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

    आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बालयौन शोषण गरेको आरोप छ । सो मुद्दा बुधवार थुनछेक भएको हो । जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर सर्लाही पठाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ