• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

    2.6K
    SHARES



    काठमाडौँ । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।

    बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।

    दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।

    बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए ।

    उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ