• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कानुन समितिको बैठकमा भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

    1.7K
    SHARES



    काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बुधबार बिहान बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुने भएका छन् ।

    बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी गराएका छन् । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची रहेको छ ।

    गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ र तेसै विषयलाई लिएर सरकारको आलोचना पनि भइरहेको छ ।

    त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबिच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो ।

    बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ