• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने शिवा पक्राउ

    2.3K
    SHARES



    काठमाण्डाै । पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छिन् ।

    वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् ।

    उनलाई आज साेमवार चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ ।

    यस्तै माल्टा पठाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन् । उनले माल्टामा मासिक १ लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि ९ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेकाे प्रहरीले जनाएको छ ।

    यसैगरी माल्टा नै पठाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठग्ने मोरङको सुन्दरहरैँचाका टंकप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । उनी क्यापिटल म्यानपावरका सञ्चालक पनि हुन् ।

    पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ