काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।
पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा. शेखर कोइराला भने बाहिरिएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा पाएको १० मध्ये ४ सिट आफ्नो समूहले पाउनुपर्ने डा. शेखर-गगन थापा समूहको माग छ ।
तर सभापति शेरबहादुर देउवाले ३ सिट लिन भनेका छन् । देउवाले थप एक सिट दिन तयार नभएपछि डा. शेखर बैठक छाडेर हिँडेका एक सहभागीले बताएका छन् ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
प्रतिक्रिया