• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

बागमती

सहकारी समस्या समाधान गर्न बागमती सरकारद्वारा समिति गठन

2.8K
SHARES



काठमाडौँ। बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर- ३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताएका छन् ।

समितिको सदस्यहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर-४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर-२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् बैठकले गठित समितिको सदस्यहरूको सेवा सुविधा र सर्त सम्बन्धी व्यवस्था सम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ ।

उक्त समितिले सहकारीमा देखिएका विभिन्न समस्याहरूको आवश्यक अध्ययन तथा अनुगमन गर्ने र समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा समस्या ग्रस्त सहकारी घोषणाका लागि राय सुझाव दिने छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ