• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपाले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने

    1.5K
    SHARES



    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पूजा रौतहटकी हुन् । २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन् ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले बताए ।

    जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो । जसअनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो । माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ