• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पीएम कप महिला क्रिकेटको उपाधि एपीएफलाई

3K
SHARES



काठमाण्डाै ।  सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे ।

एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे ।

काेशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ