• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रूपान्तरण अभियानबारे माओवादी केन्द्रको पत्रकार सम्मेलन

    1.7K
    SHARES



    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दै छ ।

    पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हुनेछ ।

    पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    यस्तै, आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा पनि शिक्षा समितिमा छलफल हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ