• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसका फरमुल्लाह र आनन्द ढुङ्गाना राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

    4K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।

    मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ ।

    प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेशका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताले जानकारी गराए ।

    वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजक समेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

    सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकताक्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका मन्सुर सांसद बन्न भने सकेनन् ।

    मधेस प्रदेशले प्राथमिकताक्रम सहित पठाएका अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन् । ८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको प्रचार प्रमुख गुप्ताले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया