• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पीएम कप महिला क्रिकेटमा एपीएफ अपराजित हुँदै क्वालिफार्यसमा

2.9K
SHARES



काठमाडौं । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित रहँदै क्वालिफायरमा पुगेको छ ।

शनिबार भएको खेलमा बागमती प्रदेशलाई ४७ रनले हराएको हो । यो जितसँगै एपीएफले लगातार ७ खेलमा जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा एपीएफले जितका लागि दिएको १२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७९ रन बनायो ।

बागमतीका लागि सोनी पाख्रिनले २० रन बनाइन् । त्यस्तै यशु पाण्डेले १७ बनाउँदा संस्कृति फुयाँलले १० रन बनाइन् ।
बलिङतर्फ एपीएफका लागि सुमन विष्ट दुई विकेट लिइन् । त्यस्तै सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले १-१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले सर्वाधिक ४४ रन बनाइन् ।

त्यस्तै, इन्दु बर्माले २८ रन बनाउँदा रोमा थापा १९, ज्योति पाण्डे १३ रन बनाइन् । बलिङतर्फ बागमतीको लागि संस्कृति फुँयाल, मनिषा उपाध्याय र सबिका कुमारी यादवले १-१ विकेट लिइन् ।

जितसँगै एपीएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ । दोस्रो स्थानको कोशी प्रदेश ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ