काठमाण्डौ। पाकिस्तानसँगको ३ खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ ।
मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको हो ।
अष्ट्रेलियाले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिन नै २ सय ३७ रन बनाउँदा अलआउट भयो ।
पाकिस्तानका शान मसूदले ६० र अघा सलमानले ५० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले पाँच र मिचेल स्टार्कले चार विकेट लिए । तेस्रो तथा अन्तिम टेष्ट आउँदो जनवरी तीन तारिखमा हुनेछ ।
प्रतिक्रिया