• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काटिदै जाने छ- प्राधिकरण

    7.5K
    SHARES



    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने प्राधिकरणको रणनीति रहेको स्पष्ट पारेको छ ।

    डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी गराएका हुन् ।

    प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ ।

    यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी गराएका छन् ।

    आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा बसेका बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी उपयोग गरेको समेत प्राधिकरणको दाबि छ ।

    २ सय ३९ ग्राहकमध्ये १ सय ७८ ग्राहकले प्रिमियमसहितको विद्युत् महसुल समयमै बुझाएर भुक्तानी गरिसकेको समेत प्राधिकरणले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ