• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट- सुदूर पश्चिमलाई ८ विकेटले हराउँदै कोशी प्लेअफमा

    2.3K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८  विकेटले हराएको छ ।

    प्रतियोगितामा ६ खेल खेलेको कोशी प्रदेशको यो पाँचौँ जित हो । एक खेलमा भने कोशी पराजित भएको थियो । यसैगरी ६ खेल खेल खेलेको सुदूरपश्चि प्रदेशको यो दोस्रो हार हो । ४ खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

    जितसँगै कोशी प्रदेश प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने निश्चित भएको छ । यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले १७.४ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

    कोशी प्रदेशका लागि दुई ब्याट्रले अर्धसतकीय पाली खेले । कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाइन् । ओपनर रुबिनाले ५५ बलमा एक छक्का र आठ चौका पनि हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले ५४ रन जोडिन् । उनले ४८ बलमा आठ चौका हिर्काइन् ।

    सुदूरपश्चिकी बलर अनु कडायतले दुई विकेट लिइन् । त्यसअघि सुदूरपश्चिमका लागि ओपनर बिन्दू रावलले ३३, सम्झना खड्काले २७, कविता जोशीले अविजित २६ र रेवती धामीले अविजित २० रन बनाएका थिए । कोशीका बलर सबनम राई र अप्सरी बेगमले १-१ विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ