• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    युक्रेनको आक्रमणमा परेर रुसको युद्धपोतमा क्षति

    1.8K
    SHARES



    काठमाडौं । युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ ।

    रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो । आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले जनाएको छ ।

    तर युक्रेनले भने युद्धपोत ध्वस्त बनाएको दाबी गर्दै आएको छ । यो आक्रमणमा परेर एक जनाको मृत्यु भएको रसियाद्वारा नियुक्त क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् ।

    उनका अनुसार आक्रमणमा छवटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो । बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

    क्रिमियालाई अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भागको रूपमा मान्यता दिइन्छ । तर यो स्थानमा सन् २०१४ देखि रुसले कब्जा जमाएको छ ।

    यस्तै, अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।

    सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय अखबार द कुरियर-मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा रुख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो ।

    गोल्ड कोस्ट, सिनिक रिम र लोगानमा आँधीको प्रभावले लगभग १ लाख २७ हजार घरहरू बिजुलीविहीन भएको अखबारले उल्लेख गरेको छ ।

    स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका ८ सय ७५ वटा बिजुली लाइनहरू मर्मत कार्य भइरहेको बताएका छन् । क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया