• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विवादको समाधान नै नगरी बिजुली काट्नु गलत- अध्यक्ष अग्रवाल

    1.5K
    SHARES



    काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले गलत काम गरेको बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलन गर्दै विवादमा रहेको विषय समाधानको प्रयास नै नगरी विद्युत काटिएको उनले बताएका हुन् ।

    उनले विगतका वर्षहरूमा नियमित तर्फको सबै बिजुलीको पैसा उद्योगीले तिरेको बताउँदै बिल नतिरेको आधारमा लाइन नकाटिएको उनको दाबी छ ।

    ‘उद्योगीले नियमित र तोकिएको समयमा बिजुलीको पैसा तिर्दै आएका छन्, डेडिकेटेड र ट्रंकको नाममा पछि पठाइएको बिल जुन होइन भनिएको छ त्यही बिलको विवाद हो,’ अग्रवालले भने ।

    उनले प्राधिकरणसँग निवेदन दिएको र बिजुली चलाएको उद्योगीले शुल्क तिर्ने कुरामा आफ्नो फरक मत नरहने बताएका छन् ।

    सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लोडसेडिङको समयमा बिजुली दिएको तर अतिरिक्त्त शुल्क नतिरेको भन्दै पत्र पठाएको जानकारी गराएका छन् ।

    लोडसेडिङको विषयमा बत्ती प्रयोग गरिएको हो भने तिर्न तयार रहेको उनले बताए । अतिरिक्त पैसा लिएर बिजुली दिनको लागि निवेदन दिनु पर्नेमा यी उद्योगले निवेदन नै नदिएको दाबी गरे । तर, निवेदन दिएको विद्युत प्रयोग गरेको प्रमाण दिन सकेमा पैसा तिर्ने कुरामा दुई मत नभएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ