• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

    1.6K
    SHARES



    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दहेर्दै’ मा राखिएको छ ।

    सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

    क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

    यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको १४ किलो सुन तस्करी प्रकरणकाे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी एक सय ३८ किलो सुन ल्याएको र त्यसमध्ये मङ्सिर २२ गते १४ किलो सुन बरामद भएको निष्कर्ष निकालिएको छ । मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीयसँग मिलेर सुन तस्करी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ । प्रहरीले मङ्सिर २१ गते १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट पक्राउ गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ