• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै, कक्षा ११ पढ्न ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

    7.7K
    SHARES



    काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।

    नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा बाेर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

    शर्माका अनुसार एसईईमा अब ‘एनजी’ अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ‘नन ग्रेड’ हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।

    यसअघि बोर्डले एसईईको नतिजा ‘नन ग्रेडेड’ नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो ।

    अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ