• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माओवादीले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति

    1.3K
    SHARES



    काठमाडौँ। नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

    विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति सचिवालयले बनाएको छ ।

    समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह छन् ।

    मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    यसअघि गत साउनमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । तर भदौ १७ गतेदेखि सुरू भएको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समयावधि १ महिना थपेर माओवादीले पुस १७ गतेसम्म पुर्‍याएको थियो ।

    अभियान भने पुस १७ गते नै समापन गर्ने निर्णय भएको सचिव पौडेलले जानकारी दिए । यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूका आकांक्षीहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ