• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलेपछि…

    1.7K
    SHARES



    पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् । बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेका हुन् ।

    ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

    विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको जानकारी गराएकी छन् ।

    यस्तै, लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

    नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

    कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलंका स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

    पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पलगत्तै लाङटाङमा पुगेर ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ