• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिले नै सोचेर काम गर्न प्रधानसेनापतिलाई सांसद राईको सुझाव

    1.2K
    SHARES



    काठमाडौँ । सांसद राजेन्द्र राईले सेनासँग गम्भीर विषय जोडिएको बताएका छन् ।

    बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । समितिमा फाष्ट ट्रयाकबारे भएको सवाल जवाफमा बोल्दै उनले भने, ‘आज सेनासँग गम्भीर विषय जोडियो । सेनाको सबैले प्रशंसा गर्नुभएको छ तर काम हेरेरै चाल पाइयो ।’

    उनले यसबारेमा बैठक बसेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘डायरी र कलम मात्र निकालेर हुँदैन । मिटिङ गरेर निष्कर्ष निकाल्नुपर्छ ।’

    सांसद राईले प्रधानसेनापतिले पहिले नै सोचेर काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘प्रधानसेनापतिले पहिल्यै सोच्नुपर्छ । कामको राम्रो रिजल्ट आयो भने तपाईंको प्रसंशा गर्छौ होइन भने तपाईंलाई निर्माण व्यवसायी सँग जोडेर हेर्छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ