• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेनाले अपेक्षाअनुसार काम गर्न सकेन- सांसद बडू

    1.3K
    SHARES



    काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले फास्ट ट्र्याक निर्माणमा सेनाबाट पनि उद्देश्यअनुरुप काम हुन नसकेको बताए ।

    उनले भने, ‘सिभिल भन्दा पनि सेनालाई दियो भने युद्ध स्तरमा काम हुन्छ भन्ने थियो। तर उद्देश्य अनुरूप काम हुन सकेको देखिएन ।’ सांसद बडूले मन्त्रालय मन्त्रालयबिच समन्वय समेत हुन नसकेको बताए । उनले भने, ‘त्यसैले रुख कटानको विषयमा वन मन्त्रालयमाथि प्रश्न समेत उठ्यो ।’

    उनले समयमा बजेट खर्च नहुँदा समस्या भएको बताउँदै समय र लागतमा मितव्ययितामा काम गर्न सकिने बताए ।

    यस्तै, मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाण्डौमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजाे विज्ञप्ति निकालेर आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो ।

    समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निकालेको विज्ञप्तिमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको भनिएको छ ।

    सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी गराएका छन् ।

    गएको असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको पनि विकास समितिले बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ