• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वायुसेवा निगमका २ कर्मचारी निलम्बनमा

    4.5K
    SHARES



    काठमाण्डौ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् ।

    नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।

    अनुसन्धानका लागि पक्राउ परेका उनीहरु दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । पोखरेल र यादव लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् ।

    मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको प्रवक्ता पौडेलले बताएका छन् ।

    प्रहरीले अधिकृत पोखरेललाई गएको मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । नक्कली भिजिट भिसामा कागजात मिलाउने घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया