• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल सुपर लिग- आज धनगढी र झापा खेल्दै

    1.4K
    SHARES



    काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् ।

    यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा रहेको छ ।

    आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । यसअघि हिजो भएको खेलमा बुटबल लुम्बिनीलाई हराउँदै पोखरा थन्डर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

    ७ खेलमा १० अङ्कका साथ ललितपुर सिटी तेस्रो र ६ खेलमा ९ अङ्कका साथ साविक विजेता टोली काठमाण्डौ रेजर्स चौथो स्थानमा रहेको छ ।

    यस्तै, इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको खेलाडीको अक्सन दुबईमा सम्पन्न भएको छ । खेलाडीको लिलामीमा सहभागी क्लबले खुलेर खर्च गरेका छन् ।

    अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको इतिहासका सर्वाधिक महङ्गा खेलाडी बनेका छन् । उनको न्युनतम मुल्य २ करोड राखिएको थियो । स्टार्कमाथि कोलकत्ता नाइट राइडर्सले २४.७५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

    यस लिलामीमा अष्ट्रेलियन कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २०.५० करोडमा किनेको छ । स्टार्कले आफ्नो राष्ट्रिय टिमका कप्तानको रेकर्डलाई तोडेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ