• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    यस्तो छ आजको तरकारीको बजार भाउ

    1.6K
    SHARES



    काठमाडौँ। कालीमाटी तरकारी तथा फलफूल विकास समितिले बुधबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ मूल्य रहेको बताएको छ ।

    त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ । टनेलको सानो गोलभेडा भने किलोको दुई देखि पाँच रुपैयाँ सस्तो रहेको छ। टनेलको सानो गोलभेडा प्रतिकिलो १२ देखि २० रुपैयाँ रहेको समितिले निर्धारण गरेको मूल्यसूचीमा उल्लेख छ ।

    तराईको सानो गोलभेडाका १८ देखि २५ रुपैयाँ प्रतिकिलो रहेको छ । रातो आलु प्रतिकिलो ३३ रुपैयाँदेखि ३६ रुपैयाँ, भारतीय रातो आलुको २८ देखि ३० रुपैयाँ र सेतो आलुको पनि २८ देखि ३० रुपैयाँ रहेको समितिले बताएको छ ।

    भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो २५ देखि ३० रुपैयाँ र ज्यापु काउली ३० देखि ४० रुपैयाँ रहेको छ । रातो मुलाको आजको बजार भाउ किलोको १५ देखि २० रुपैयाँ र स्थानीय सेतो मुलाको मूल्य प्रतिकिलो ८ देखि १२ रुपैयाँ रहेको छ ।
    हाइब्रिड सेतो मुलाको मूल्य भने प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ । स्थानीय घिउ सिमीको मूल्य प्रतिकिलो ८० देखि ९०, हाइब्रिड सेतो सिमीको मूल्य पनि ८० देखि ९० रुपैयाँ रहेको समितिले  जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया