• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विज्ञान-प्रविधि

एक्समा पनि अब लाइभ भिडिओ कुराकानी गर्न सकिने

7.6K
SHARES



काठमाडौं । सामाजिक सञ्जाल एक्सको स्पेसमा भिडिओ फिचर थप हुने भएको छ ।

कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा चाँडै नै उक्त फिचर आउने जानकारी दिएका हुन् ।

एक्समा स्पेस भनेको लाइभ कुराकानी गर्न सकिने फिचर हो, जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् । यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । भिडिओ फिचर समावेश भएसँगै अब स्पेसमा प्रयोगकर्ता भिडिओबाटै जोडिन सक्नेछन् ।

“हामी अहिले स्पेसमा भिडिओ फिचर समावेश गर्ने काम गरिरहेका छौं,” मस्कले भनेका छन्, “यो एउटा सामान्य कुरा हो, जसमा तपाईं भिडिओ अन र अफ गर्न सक्नुहुन्छ ।”

मस्कले २०२३ को अन्तिमतिर यो फिचर सार्वजनिक गर्ने तयारी भइरहेको भने पनि २०२४ को सुरुवातमा उपलब्ध हुने अनुमान गरिएको छ ।

स्पेस सेसनमा जो व्यक्ति बोलिरहेको छ, भिडिओ फिड त्यही व्यक्तिकोमा स्विच हुन्छ । उदाहरणका लागि जसरी गुगल मिटमा जो प्रयोगकर्ता बोलिरहेको हुन्छ, ठूलो स्क्रिनमा उसैको भिडिओ देखिन्छ । एक्समा पनि उक्त फिचरले यसरी नै काम गर्ने अपेक्षा गरिएको छ ।

“मानिसहरूले बोलिरहेका बेला उनीहरूको शरीरको हाउभाउ देख्नका लागि यो फिचर उपयोगी हुन्छ । यदि उनीहरूले चाहने हो भने आवाजभन्दा अनुहार र शरीरको हाउभाउले बढी सूचना दिन्छ,” मस्कले भनेका छन् ।

अडियन्ससँग अन्तर्क्रिया गर्न यो फिचरले थप सघाउ पुर्‍याउने कम्पनीको विश्वास छ । कोभिड-१९ महामारीको समयमा उदाएको अडियो स्ट्रिमिङ प्लेटफर्म क्लबहाउससँग प्रतिस्पर्धा गर्न ट्वीटरले स्पेस फिचर सार्वजनिक गरको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ