• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हराएको ३ महिनापछि भारतमा भेटिए विराटनगरका ३ बालबालिका

    2.4K
    SHARES



    काठमाडौँ। मोरङका विराटनगर महानगरपालिकाबाट हराएका ३ जना बालबालिका ३ महिनापछि भेटिएका छन् ।

    महानगरपालिका वडा-१८ र १९ बाट भदौ १० र २८ गते हराएका ३ बालबालिकाको सोमबार उद्धार गरिएको हो । उनीहरू खोजतलास गर्ने क्रममा भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका हुन् ।

    ५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका बालकलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसिएस) का सुमन अधिकारीले जानकारी दिए ।

    उनका अनुसार उद्धार भएका दुई बालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ । १४ वर्षीया बालकको परिवार फेला नपरेको हुँदा बालकलाई अस्थायी संरक्षणका सिपिसिएस बेलबारी मोरङमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया