• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

शीर्ष टिम आर्सनलले ब्राइटनलाई हरायो

2.3K
SHARES



काठमाडौँ। इंग्लिस प्रिमियर लिगको लिडर आर्सनलले ब्राइटनमाथि २-० गोलको जित हात पारेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रियल जेससले ५३ र हाभार्ट्ले ८७ मिनेटमा गोल गरे ।

यता दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

तेस्रो स्थानको एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ भने वेस्ट ह्यामले वुल्भ्सलाई ३-० गोलले पराजित गरेको छ ।

लिगमा आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लाको समान ३८-३८ अंक छ ।

म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो, टोटेनहम ३३ अंकसहित पाँचौ, न्युकासल २९ अंकसित छैटौं र म्यानचेस्टर युनाइटेड २८ अंकसहित सातौं स्थानमा रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ