• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    वीरेन्द्रनगरमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि…

    2.1K
    SHARES



    काठमाडौँ। वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

    शनिवार राति भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३ प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका-११, सुब्बा कुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षीय मनोज सुनार गम्भीर घाइते भएका थिए ।

    उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उक्त घटनालाई लिएर अहिले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया