• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेतीको बाँध खोलेर नदीमा पानी बढाएपछि भेटियो संगमको शव

    7.2K
    SHARES



    पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् ।

    पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको बहाब बढाएर खोजी गर्दा वडा नम्बर ३ स्थित नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।

    उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

    खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलेर नदीमा पानीको बहाब बढाई खोजी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ