• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एमाले सांसद लक्ष्मी कोइरी र पवन कापरलाई ज्यान मुद्दाबाट सफाइ

    1.4K
    SHARES



    काठमाडौँ । एमाले सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार आज महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो ।

    महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको छ ।

    मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

    महोत्तरी जिल्ला अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो ।

    अदालतका सूचना अधिकारी महेन्द्र झा का अनुसार कोइरी र पवन कापरले सफाइ पाएका हुन् भने ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ