• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

    1.7K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

    बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन् ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् ।

    बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रचण्डले नेपालको उड्यन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका हुन् ।

    रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

    प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

    ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु,’ उनले भने , ‘हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म गम्भीर छु ।’

    नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ