• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    किर्ते कागजात प्रकरणमा विमानस्थल अध्यागमनका अधिकृत खड्का पक्राउ

    2.9K
    SHARES



    काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले विमानस्थल अध्यागमनका अधिकृतलाई पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरूलाई पनि पक्राउ गरेको छ । वायुसेवामा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

    किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए । हालसम्म ३२ जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए ।

    त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अधिकृतहरूले सो प्रकरणको अनुसन्धान गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ